७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माओवादी केन्द्र इलाम संयोजकमा बिजय राई



इलाम :नेकपा माओवादी केन्द्र इलामको संयोजकमा बिजय राई चयन भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले संयोजकमा राईलाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

माओवादी केन्द्रको इलाम संयोजक सोममाया राई सिन्धुको अध्यक्षता र केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमनको प्रमुख आतित्यता, १ नम्बर प्रदेश अध्यक्ष हर्क नेम्बाङ्गको बिशिष्ठ आथित्यतामा भएको बैठकले जिल्ला समन्वय समितिको सचविमा शान्ता बस्नेतलाई चयन गरेको हो । बैठकले जिल्ला सह इञ्चार्जमा कान्छा लावति, उर्मिला तामाङ, राम राई, सोममाया राईलाई जिम्मेवारी दिएको छ।

बैठकले आगामि स्थानीय तहको निर्वाचनका लागि पालिकामा परिचालन समितिका संयोजकहरु तोकेको छ । बैठकले इलाम नगरपालिकामा संयोजकमा सोम माया राई, देउमाई नगरपालिकाको संयोजकमा उर्मिला तामाङ, सूर्योदय नगरपालिकाको संयोजकमा प्रबिण तिमसिना र माई नगरपालिका संयोजकमा दिपक सिन्चुरी रहेका छन् । त्यस्तै रोङ गाउँपालिका निर्वाचन परिचालन संयोजकमा घनश्याम थापा, चुलाचुलि गाउँपालिकाको संयोजकमा कान्छा लावती, माङसेबुङ गाउँपालिका संयोजकमा लछुमण राई फाकफोकथुम गाउँपालिका संयोजकमा सौरव गुरुङ, सन्दकपुर गाउँपालिका निर्वाचन परिचालन संयोजकमा भोज प्रसाद खतिवडा र माईजोगमाई गाउँपालिकाको संयोजकमा बिजय खम्बुलाई तोकिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ५४ बजे