७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौषमी कामदार कोरिया लाने विषयमा राष्ट्रिय युवा संघ माङसेबुङको ध्यानाकर्षण



किरात समाचारः  माङसेबुङ गाउँपालिकाले मौषमी कामदार कोरिया पठाउने विषयमा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटीले ध्यानाकर्षण भएको जनाएको छ  । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटीले  एक विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो ।

गाउँपालिकाका नागरिकलाई दुबिधामा पारि एकलौटी ढंगबाट प्रक्रिया अगाडि बढएको संघको आरोप छ । विज्ञप्तीमा कानूनी प्रक्रियाबाट निस्पक्ष ढंगले नागरिकहरुलाई कोरिया पठाउन माग गरेको हो ।

कामदार के कसरी पठाउने भन्नेबारे गाउँपालिकाले व्यवस्थित नगरेको आरोप लगाएको छ । युवा संघ माङसेबुङ गाउँपालिका कमिटि अध्यक्ष राजकुमार साम्बाको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

उता गाउ“पालिका अध्यक्षका सल्लाहकार डम्बर लोरिङदेनका अनुसार गाउकार्यपालिकाको बैठकमा पटक पटक प्रस्तावमा ल्याउदा छलफल भएपनि उपाध्यक्षले स्विकार नगरेकोले, युवाहरुको अवसरलाई नगुमाउनका लागि गाउपालिकाका योग्य १ सय युवाहरुलाई कोरिया पठाउन प्रकृया मिलाइरहेको बताए ।

यस्तै प्रकृयाका लागि योग्य युवा माङसेबुङका सबै पार्टी र सबै जातिलाई पठाइन्नेछ, त्यसका लागि आवश्यक प्रक्रियामा बढेको मात्र हो, प्रकृयामा संमलग्नमा रहेका एक युवा रनमान थेबेले बताए । उनले भने, अध्यक्षले प्रकृयामा मात्रै ल्याउदै गरेको हो कामदार पठाउन बाकी रहेको छ ।

उनले थपेका छन् कार्यपालिकामा विधिवत निर्णय नभएपछि विज्ञापन नखुलिएकोले नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटीले ध्यानाकर्षण गराउनु आफ्नै घुडोमा बन्चरो हान्नुमात्रै रहेको बताए । एमाले सम्बन्ध युवाहरुको पनि प्रकृयामा गएको छ, यस विषयमा यदि गाउपालिकाका युवाहरु कोरिया जाने प्रकृया पुरा भए हामी पत्रकार सम्मेलन गरेर आम गाउपालिकाका जनतालाई सार्वजानिक गर्नेपनि जानकारी दिए ।

गाउपालिका उपाध्यक्ष सुनिता सुव्वाका अनुसार कानुनविपरित कोरिया पठाउन लागिएकोप्रति खेद प्रकट गरेका छन् । उहाका अनुसार कार्यपालिकाको बैठकमा हचुवाको भरमा अध्यक्षले प्रस्तावमा ल्याएको नै हो तर यसको प्रकृया नपुगी छलपल नभएको स्विकारेका छन । अहिले कोरिया कामदार पठाउने विषयमा काङग्रेसमा लागौ कोरिया जाउ आभियानलाई मात्रै अगाडी बढाएको आरोप लगाए ।

उनका अनुसार कानुनी प्रकृया पुरा गरेर कामदार पठाइएमात्र भोलिहुने समस्यामा गाउपालिकाले समधानको बाटो सुझाउने कुरापनि बताउनुभयो ।

उता गाउँपालिकाले मौषमी कामदार कोरिया लाने बिषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीका अनुसार प्रस्तावमा आएपनि निर्णय नभएको बताएका छन्  ।

यस अघि माङसेबुङ गाउँपालिकाले मौषमी कामदार कोरिया पठाउने भनेर सम्झौता गरेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ०२ बजे