८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सामाजिक विकास मन्त्री राईद्धारा राज्यमन्त्री तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन



विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गर्नुभएको छ ।

प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकार मध्ये महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, असहाय र अशक्त, गैरसरकारी संघ संस्था, समाज कल्याण, सामाजिक सुरक्षा र संरक्षण, गरिवी निवारण, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, नियमन, अनुगमन तथा मूल्यांकन सम्मका अधिकारहरु सामाजिक विकास राज्यमन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गर्नु भएको छ ।

मन्त्री राईद्धारा आफुलाई प्रत्यायोजित अधिकार प्रयोग गर्न राज्यमन्त्रीको जिम्मेवारी र कर्तव्य हुने राज्यमन्त्री तुम्बाहाम्फेले बताउनुभयो ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ३ : ५० बजे