६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

हिंसा भड्काउने जो कोहीलाई कारबाही हुन्छ :मन्त्री कार्की



विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याइने बताउनुभएको छ । लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिने बताउनुभएको हो ।

आइतबार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउने तत्त्वहरूले सरकारलाई गम्भीर बनाएको बताउनुभयो ।

हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानूनी दायरामा आउँछन् । उहाँले भन्नुभयो, अनुसन्धानको क्रम जारी छ सफल अनुसन्धान हामी गछौं ।’

मन्त्री कार्कीले घटनामा घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । मङ्गलवार कोसी तथा नोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै मन्त्री कार्कीले घाइतेको उपचारमा सम्बन्धमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ४ : ०७ बजे