७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगे



काठमाडौं । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् ।

सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्।
२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।
शनिबार विहान नेपालका समकक्षी डा।नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।
वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।
नेपालस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन् ।

अनलाइन खबर

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ४१ बजे