८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

बुद्धशान्तीमा लिम्बुवान मञ्च गठन



झापा : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ती १ मा वडा कमिटी गठन भएको हो । मञ्चका प्रान्तीय सचिव तथा एल.भी. प्रवक्ता काजीमान ओख्राबु लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

शनिबार आयोजित वडा कमिटी गठन कार्यक्रमबाट भेषराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा विरबहादुर तामाङ, सचिव प्रभुदास रामदाम, सह–सचिब सोनु अङ्बो र अर्थसचिवमा सुमिमा लक्सम चुनिएकी छन् । यसरी नै सदस्यहरुमा क्रमशः कृष्ण फियाक, मुकेस राई, नवीन राई, फुलमाया लिम्बु, मान लिम्बू, मान बा राई र हिरा बि.क. रहेका छन् ।

यसैगरी उक्त कार्यक्रमले लिम्बुवान भोलेन्टियर्सको प्राइमरी कमाण्ड गठन गरेको छ । प्राइमरी कमाण्डर भुपेस लिम्बूको कमाण्डमा सेलकमाण्ड नरेन लिम्बू त्यसैगरी एलभीहरु बुद्ध लिम्बू, टिका राम लिम्बू, प्रजल राई, पवन परियार, नरेस परियार, अविसेक लिम्बु, खगेन्द्र भुजेल, अनिस मुखिया, दिपेन मुखिया, सन्जय मगर, नवीन लिम्बू, सुनिल योन्जन, श्याम लिम्बु र सुक राज चेम्जोङ रहेका छन् ।

कार्यक्रम बुद्धशन्ती उपाध्यक्ष निरा योन्जनको अध्यक्षतामा भएको थियो । कार्यक्रमको विशेष अथिती प्रान्तीय सचिब मोहन माबो त्यसैगरी अथितिहरुमा प्रान्तीय सदस्य इन्द्र योङ्हाङ, एलभी के.उप–कमाण्डर पुर्ण सुहाङ, एक राज खवास, कमल मुखिया, जिल्ला सचिवालय सदस्य राम योङ्हाङ, काजी योन्जन, बुद्धसान्ति सचिब नन्दु राई, वडा नं. ४ अध्यक्ष डमर पक्सावा र सचिब रिना फुरुम्बोको समेत उपस्थिति रहेको थिगयो । कार्यक्रम बुद्धसन्ती पालिकाका सह–सचिब गजेन्द्र योङ्हाङले संचालन गरेका थिए । बुद्धशान्ती पालिकाका सचिव नन्दकुमार याम्फू राईले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

सो कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरी ४० जना युवाहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेको बुद्धशान्तीका सचिव नन्दकुमारले बताएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ३३ बजे