१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

गृहमन्त्री खाँडद्धारा जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नयाँ भवन सनिवार उद्ध्घाटन हुदैं



तेह्रथुमः जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नयाँ भवन सनिवार उद्ध्घाटन गरिने कार्यक्रम तय भएको छ ।

निर्माण कार्य पुरा गरि कार्यसम्पादन समेत सुरु गरिएको नयाँ भवनको नेपाल सरकारका गृहमन्त्री वालकृष्ण खाँडले उद्ध्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो । भवन उद्ध्घाटनका लागी सनिवार बिहान ९ बजे कार्यक्रम तय गरिएको र सोही दिन बिहान हेलिकप्टर मार्फत गृहमन्त्री खाँड जिल्ला आउने कार्यक्रम रहेको प्रजिअ घिमिरेले बताउनुभयो ।

कार्यक्रमका लागी जिल्ला प्रशासन कार्यलय भवन लगायत परिसर सिंगारिएको छ । कार्यक्रमको अन्तिम तयारी पुरा हुन लागेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम स्थलको स्टेच निर्माण साथै कार्यालय परिसर सजिसजाउ गर्ने कार्य भएको छ ।

प्रशासन कार्यालयको भवन उद्ध्घाटन गरे पश्चात गृहमन्त्री खाँडले नेपाली कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा निर्माण गरिएको सावायेत्हाङ पाङभेको मौलिक घरको समेत उद्ध्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री खाँडको सचिवालयले जनाएको छ ।

नया बुलन्दबाट

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ०९ बजे