१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

माङसेबुङ ५ मा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश



किरात समाचारः   स्थानीय चुनाव नजिकिदै गर्दा अहिले माङसेबुङ ५ को भालुुटारस्थित यलम्बर चौक परिसर बाक्लिदै गएको छ । सधै बुधबार बजारको दिनमात्रै चहलपहल हुने यलम्बर चौक क्षेत्र वजार झै चहल पहल बढ्न थालेको छ । नेकपा एमाले वडा ५ कार्य समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम राना ,विशेष अतिथि माई नगरपालिकाका मेयर दिपक कुमार थेबे रहेको थियो ।

शनिबार माङसेबुङ स्थित यलम्बर चौकमा विश्वका श्रमिकहरु एक हौं भन्ने नाराका साथ अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीमा प्रबेश हुनेहरुमा माङसेबुङ ५ का ९ जना कांग्रेस, जसपा, परित्यागगरि बसेकाहरु पार्टी प्रबेश गरेका थिए । पार्टी प्रबेश गर्नेहरुमा क्रमश विष्णुमाया केरुङ (कांग्रेस), टेकहाङ सङमी (पल्लोकिरात लिम्बुवान), मनमाया लोकताम (जसपा), स्वतन्त्रमा रहेकाहरु कमला सहङ, पूर्णी लाओती, देवीमाया राई थेगिम, समी राई, कविता तिगेला, मनिता तुम्रोक रहेका थिए ।
प्रशिक्षण कार्यक्रममा माइनगरका मेयर दिपककुमार थेबे, माङसेबुङ गाउपालिकाका उपाध्यक्ष सुनिता सुव्वाले बोलेका थिए । स्वागत तथा औचित्य होम बहादुर लिङदेनले गरेको थियो ।

कार्यक्रमको अध्यक्षता कमल माबोहाङले गरेको थिए भने कार्यक्रम संचालन चन्द्री केरुङले गरेका थिए ।
आजै नेकपा एमालेले माङसेबुङका सबै वडामा भेला तथा प्रशिक्षण कार्यक्रम गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ३ : ४८ बजे