२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकार प्रतिवद्ध : पर्यटन मन्त्री लङ्वा



फिक्कल : पर्यटन पूर्वाधार निर्माण गरि पर्यटन प्रवद्र्धनका काममा १ नम्बर प्रदेश सरकार प्रतिवद्ध रहेको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले बताएकी छन् ।

सूर्योदय होटल व्यवसायी संघ र आयम यूनाइटेड क्लब फिक्कलको संयुक्त आयोजनामा नयाँ वर्षसँगै शुरु भएको तेस्रो सूर्योदय सडक महोत्सव २०७९ को उद्घाटन गर्दै पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले इलाममा पर्यटकीयस्थलल हरु धेरै रहेकाले पूर्वाधार निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । कोभिड – १९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्न, पर्यटन प्रवर्द्धन र विकासका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालय योजनाबद्ध तरिकाले अघि बढ्ने बताइन् ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ४९ बजे