७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

चुलाचुलीमा कांग्रेस उम्मेद्वार घोषणा विवादमा



किरात समाचारः इलामको चुलाचुलीमा नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेद्वार को बन्ने भन्ने विषयलाई लिएर नेताहरुबीच विवाद उत्पन्न भएको छ ।

गाउँ कार्य समितिले सभापति राजेन्द्र केरुङको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि सो निर्णयको विरोधमा दुई जना स्थानीय नेताले पालिका अध्यक्ष पदको उम्मेद्वार सिफारिसमा मनोमानी भएको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य शान्तिकला राई तामाङ र इलाम जिल्ला सदस्य सुवास आङ्थुपोले उम्मेद्वारको सिफारिस गर्दा चुलाचुली गाउँ कार्य समितिका सभापतिले पार्टीको विधान र कार्यविधि उलंघन गरेको भनेका छन् भने सभापति केरुङले भने उम्मेद्वार सिफारिस विधिसम्मत भएको दावी गरेका छन् ।

तामाङ र आङ्थुपोले पत्रकार सम्मेलन नै गरेर यस विषयमा जानकारी गराइएको भनी भिडियोसमेत सार्वजनिक गरेका छन् भने केरुङले भने पत्रकार सम्मेलन गरेको बारे आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ४८ बजे