७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाम नगरपालिका – १ मा कांग्रेसका गायत्रीराम बस्‍नेत विजयी



इलाम : इलाम नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सावजनिक गरेको मतपरिणाम अनुसार बस्नेतले १ हजार १ सय ८१ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी निवर्तमान वडाअध्यक्ष नेकपा एमालेका अम्बिका गौतमले १ हजार २२ मात्र प्राप्त गरेका थिए ।

सदस्यमा नेपाली कांग्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् । यस्तै एक सदस्यमा भने नेकपा एमाले खड्गबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनका नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने सदस्यमा पराजित भएका छन् ।

अहिले सम्मको वडा–१ को मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले १ हजार १ सय ५८ मत प्राप्त गरेको छ । यस्तै नेकपा एमालेले मेयरमा १ हजार ४१, उपमेयरमा नेपाली कांग्रेसले १ हजार १ सय ९५ र एमालेले एक हजार ४ मत प्राप्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ३० बजे