माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । निर्वचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार वडा अध्यक्ष पदका उम्मेद्वार भुपाल लिम्बूले १५ मतले अग्रता लिएका हुन् ।
३ सय २२ मत गणना गर्दा उनले १ सय ५४ मत पाएका छन् भने प्रतिष्पर्धी गठबन्धनका तर्फबाट निवर्तमान वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका भक्तराज लिम्बूले १ सय ३९ मतका साग पच्छ्याईरहेका छन् ।
मतपरिणम हेर्नुहोस्
वडा अध्यक्ष
भूपाल लिम्बू (एमाले) : १५४
भक्तराज लिम्बू (कांग्रेस) : १३९
अध्यक्ष
हेमन्त राई (एमाले): १३७
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) :१५२
उपाध्यक्ष
सुनिता सुब्बा (एमाले) : १४७
विनोद नेम्बाङ (जसपा) : १२६