७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङमा नेकपा एमाले ११३ मतले अगाडी ( मतपरिणाम सहित )



माङ्सेबुङ : माङसेबुङ गाउँपालिकाको स्थानीय तह निर्वाचनको मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता बढाएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिङ्गोलाई १ सय १३ मतान्तरले पछि पार्दै नेकपा एमालेका उम्मेदवार हेमन्त राईले अग्रता बढाएका हुन् । ६ हजार ६ सय ११ मतगणना हुँदा एमालेका राईले २ हजार ९ सय ७६ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी इदिङ्गोले २ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार विनोद नेम्बाङले भने ५ सय १९ मतान्तरका साथ अग्रता कायम राखेका छन् ।

नेम्बाङले २ हजार ९ सय ७३ मत पाउँदा उनका प्रतिष्पर्धी एमालेकी उम्मेदवार सुनिता सुब्बाले २ हजार ४ सय ५४ मतका साथ पछ्याइरहेकी छन् । माङसेबुङमा १२ हजार ५ सय ६८ मतदातामध्ये ८ हजार ३ सय ७ मत खसेको थियो । अस्ती रातिदेखि सुरु भएको मतगणना हालसम्म वडा नम्बर १, ४, ५ र ६ को सम्पन्न भइसकेको छ । जसमा १ मा नेकपा माओवादी केन्द्र, ४ र ६ मा नेकपा एमाले र ५ मा राष्ट्रिय जनमुक्ति विजयी भईसकेको छ । अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ । अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए ।

तर, कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् । माङसेबुङमा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको गठबन्धन बनेको थियो भने वडा नम्बर १ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : २१ बजे