७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ गाउँपालिका उपाध्यक्षमा जनता समाजवादीका नेम्बाङ विजयी – Kirat Samachar



माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार विनोदकुमार नेम्बाङ विजयी भएका छन् ।

३ सय ९६ मतगणना बाँकी रहँदा उम्मेद्वार नेम्बाङले प्रतिष्पर्धीभन्दा ६ सय ३६ मतान्तरले अग्रताका लिएसँगै उपाध्यक्ष पदमा विजयी भएका हुन् । गन्न बाँकी भन्दा रहेको मतभन्दा बढी मतान्तरले अग्रता लिएसँगै नेम्बाङको विजयी निश्चित बनेको हो ।

८ हजार ३ सय ७ मत खसेको माङसेबुङमा हालसम्म ७ हजार ९ सय ११ मतगणना भइसकेको छ । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेम्बाङले ३ हजार ५ सय ५५ मत पाएका छन् । उनका प्रतिष्पर्धी सुनिता सुब्बाले २ हजार ९ सय १९ मत पाएकी छन् । बाँकीको मतगणना जारी छ ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिष्पर्धी थिए । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

तत्कालिन संघीय समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष रहेका नेम्बाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुन् ।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।nayabuland.com बाट

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ३८ बजे