७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ – ३ को वडाध्यक्षमा माओवादीका खम्बु बिजय,सदस्यमा मिश्रित परिणाम



माङसेबुङ : माङ्सेबुङ गाउपालिका वडा नम्बर ३ को  वडाअध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का लक्षुमन राई (जनम) विजयी भएका छन् । एमालेका कुलबहादुर लिम्बूलाई ९२ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् ।

वडा ३ मा मिश्रित परिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार राईले ७ सय ६० मत पाएका थिए भने उनका प्रतिष्पर्धी लिम्बूले ६६८ मत मात्र पाएका थिए । लिम्बू निवर्तमान वडा सदस्य हुन् । त्यस्तै एकीकृत समाजवादीका देवाहाङ राईले ७४ मत पाए ।

सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । महिला सदस्यमा महिला सदस्यमा एमालेकी हस्तकुमारी लिम्बू ६ सय ८३ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीकी अस्मिता शेर्माले ६ सय ६३ मत पात्र पाएकी थिइन् । दलित महिला सदस्यमा नेपाली कांग्रेसकी शिसला शंकर ६ सय ९५ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी एमालेकी कला शिवा पोख्रेलले ६ सय ५४ मत पात्र पाएकी थिइन् । उनि निवर्तमान कार्यपालिक सदस्य थिइन् ।

सदस्यमा भने दुवै एमालेबाट विजयी भएका छन् । एमालेका देउमान सम्बार ६ सय ७४ र सुर्यकुमार राई ७ सय ३८ मतका साथ विजयी भए । उनीहरुका प्रतिष्पर्धी कांग्रेसका चन्द्र साम्बाले ५सय ८४ मत, पूर्णकुमार राईले ५४६ मत, नेकपा एकीकृत समाजवादीका द्रोणराज योङहाङले ७७ मत र मनबहादुर लिम्बूले ८६ मत मात्र पाए ।
माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्।य जनमुक्ति पार्टीको गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा सहभागी भएको थियो । वडामा २ हजार ५ सय ८६ मतदाता रहेकोमा १ हजार ६ सय ८२ मत मात्र खसेको थियो ।

 हेर्नुहोस् मत परिणाम
मतदाता संख्या : २५८६ मत
खसेको मत : १६८२ मत
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): ७७४ मत
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ७१९ मत
प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : ५९० मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ८२२  मत
वडा अध्यक्ष
कुलबहादुर लिम्बू (नेकपा एमाले) : ६६८ मत
लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : ७६० मत (विजयी)
देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : ७४ मत
महिला सदस्य
हस्तकुमारी लिम्बू (नेकपा एमाले) : ६८३ मत (विजयी)
अस्मिता शेर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ६६३ मत
दलित महिला सदस्य
कला शिवा पोख्रेल (नेकपा एमाले) : ६५४ मत
सुशिला शंकर (नेपाली कांग्रेस) : ६९५ मत (विजयी)
सदस्य
देउमान साम्बा (नेकपा एमाले) : ६७४ मत (विजयी)
सुर्यकुमार राई (नेकपा एमाले) : ७३८ मत (विजयी)
चन्द्रकुमार साम्बा (नेपाली कांग्रेस) : ५८४ मत
पूर्णकुमार राई (नेपाली कांग्रेस) : ५४६ मत
द्रोणराज योङहाङ (नेकपा एकीकृत समाजवादी) : ७७ मत
मनबहादुर लिम्बू (नेकपा एकीकृत समाजवादी) : ८६ मत

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : २७ बजे