७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिदिङ्वा गाउँपालिका ४ को वडाध्यक्षमा लिम्बुवान मञ्चका पुर्ण ताम्लिङ बिजयी



ताप्लेजुङ : स्थानिय तह निर्वाचन २०७९ को सिदिङ्वा गाउँपालिका वडा नम्बर ४ मा लिम्बुवान मंचका पुर्ण ताम्लिङ् बिजयी भएको छ । संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्चका वडाध्यक्ष उम्मेद्वार पुर्ण ताम्लिङ् ३७२ मतले बिजयी भएको हुन् ।

सो वडा ४ मा अन्य वडासदस्य भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएको छन् । मन्चतर्फबाट वडाध्यक्ष उम्मेद्वार पुर्ण ताम्लिङ जितेको हुन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार अमृता लिम्बू,कमला लकान्द्री,भुवानी बुढाथोकी र रणबहादुर बिष्ट स्वतन्त्रबाट वडासदस्य निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ४९ बजे