८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मिक्लाजुङ ५ मा पुनः अविसन लाओती निर्वाचित



किरात समाचार : स्थानिय तह निर्वाचन २०७९ को मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओबादीका अविसन लाओती बिजयी हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा माओबादी मिक्लाजुङ गाउपालिका अध्यक्षको तर्फबाट वडाध्यक्ष उम्मेद्वार दिएका अविशन लाओतीले १ हजार २२ मतले बिजयी हुनुभएको हो। लाओती यसअघि निर्वतमान वडा अध्यक्ष हुन ।

सो वडा ५ मा अन्य वडासदस्यमाओबादीकै उम्मेदवार निर्वाचित भएका छन् भने राप्रपाका एक जना उम्मेदवारले वडा सदस्य जितेका छन ।

२०६३ सालदेखि माओबादी पार्टीको साधारण सदस्यहुदै २०६६/६७ मा विद्याथी राजनिति गरिसकेका लाओती क्षेत्रिय सदस्य जिल्ला सचिवालय सदस्य र हाल मिक्लाजुङ गाउपालिकाको उपाध्यक्ष समेत हुनुहुन्छ ।

निर्वाचित वडा अध्यक्ष लाओती ३३ वर्षका भए उनले मिक्लाजुङ वडा ५ का जनताको प्रिय बन्दै पुनह अध्यक्षमा चुनिएका छन् ।

हेर्नुहोस मिक्लाजुङ ५ मतपरिणाम

अध्यक्षः
नरेन्द्र कुमार बस्नेत (नेकपा एमाले) ३२७ मत
अमरराज माखिम (हसिया हथौडा) १२१३ मत
संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च (खुकुरी) २० मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) १ मत
हसिया तारा ५ मत

उपाध्यक्षः
धनमाया सारु (नेकपा एमाले) १९३ मत
सन्तोस कुमार सेर्मा (कांग्रेस) ७७० मत
(जसपा) २५ मत

वडा अध्यक्ष
अविसन लाओती (माओबादी केन्द्र) १२१३ मत
राष्ट्रिय जनमुक्ति पार्टी (घर) १८७ मत
जनता समाजबादी पार्टी (ढल्केको छाता) ३५० मत

वडा सदस्य
महिला सदस्य (हसिया हथौडा) ९९० मत
दलित महिला सदस्य (हसिया हथौडा) ९३७ मत
वडा सदस्य १ (हसिया हथौडा) ७५९ मत
वडा सदस्य २ (हलो) ५४० मत

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : ५६ बजे