७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाम नगरपालिका मेयर र उपमेयरमा कांग्रेस विजयी



इलाम : इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली कंग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय ६५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपमेयरमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ३६ बजे