५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

सार्वजनिक सवारीसाधनको भाडादर बढ्यो – kiratsamachar



काठमाडौ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सरकारले भाडा समायोजन गरेको छ। यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तरप्रदेश सार्वजनिक यातायाताका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायता व्यवस्था विभागले जनाएको हो । सरकारले हालै १६ प्रतिशतभन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सावरी साधनमा ९।९४ प्रतिशत, यात्रुवाहक सावरी सधानमा ५।३० प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सावरी सधानमा ७।७ प्रतिशत भडावृद्धि भएको हो।     भाडादर हेर्नुहोस….. 2079_03_06अन्तरप्रदेशभाडादर2022-06-20_12-28-38-219 (1)

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ५९ बजे