४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी



काठमाडौ : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्। आज भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्।

जम्मा ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याए। शेर्पालाई हराउदै नेम्बाङ बिजयी भएको हो । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा भए पनि एक भोट पनि ल्याएनन्। नेम्बाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने शेर्पा अध्यक्ष थिए।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : ४५ बजे