काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । आज एक कार्यक्रममार्फत पार्टीको नाम घोषणा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी रहने भएको छ । चुनाव चिह्न सार्वजनिक गर्दै उनले भ्रष्टहरुको दिमागमा घण्टी बजाउन लागिएको बताए । उनले भने “भ्रष्टहरुको दिमागमा घण्टी बजाउछौँ । यो सुशासनको घण्टी हो,” ।