७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङमा पत्रकारिता तालिम सुरु – kiratsamachar



माङ्सेबुङ : इलामको माङसेवुङ – ५ मा पत्रकारिता फिचर लेखन तालिम सुरु भएको छ । आज आइतबारदेखि सरस्वती माबिको हलमा ५ दिने पत्रकारिता तालिम सुरु भएको हो ।

माङसेबुङ पब्लिकेसन एण्ड मिडिया प्रा.ली को आयोजनामा सञ्चालन भएको तालिम माङ्सेबुङ गाउपालिकाको आर्थीक सहयोगमा सम्पन्न भएको हो ।

तालिमको उद्घाटन प्रमुख अतिथी माङसेवुङ ५ वडाध्यक्ष नरेन्द्र कुमार राईले दिपप्रज्वलन गरि भएको थियोे । यसैगरी बिशेष अतिथी नेपाली कांग्रेस माङ्सेबुङ गाउँपालिका कार्यसमितिका सचीव धड्कन सङ्बाङ्फेको समेत उपस्थित रहेको थियोे । 

तालिममा पालिकाको विभिन्न वडाबाट प्रतिनिधित्व गरि आएका १३ जनाले सहभागीता जनाएको थिए । तालिम सह‌जकर्ताको रूपमा आङबुहाङ अबोध अबिरल रहेका थिए । पत्रकारिताको आधारभुत ज्ञान् र लेखन वृद्धिको विकासको लागि तालिमको आयोजनाका गरिएको आयोजक समितीले बताएका छन् ।

कार्यक्रम  माङ्सेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न भएको थियोे । स्वागत मन्तब्य संसेमी लिम्बुले गरेको कार्यक्रमको संचालन आन्छुमे नसानले गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ३० बजे