काठमाडौ : एकीकृत समाजवादीबाट नियुक्त भएका ४ जना र एक राज्यमन्त्री गरी ५ जना मन्त्रीहरूले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरु सो समारोहमा सहभागी थिए ।
नेकपा एस बाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने छन् ।