काठमाडौ : जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीमा विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको हो ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक वीरगन्जमा बस्ने गरि बोलाइएको जानकारी दिएका छन् ।
जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेस प्रदेशको वीरगन्जमा हुने जानकारी सहित विज्ञप्ति जारी गरिएको छ ।