३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मेयर हर्क साम्पाङ ‘सेभ घोपा क्याप’ आन्दोलन प्रति मेरो नैतिक समर्थन अब रहन्न !



किरात समाचार : धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ले ‘सेभ घोपा क्याम्प’ आन्दोलनमा आफ्नो नैतिक समर्थन नरहने घोषणा  गरेका छन् ।

मेयर हर्क साम्पाङले आइतबार उनको हर्क साम्पाङ ए रिभोलुशन पेजमा सेभ घोपा भन्ने आन्दोलन प्रति मेरो नैतिक समर्थन थियो ! अब रहन्न भन्दै साम्पाङले पछि हटेको उद्घोष गरेका छन ।

केहिदिन अगाडि हामी नेपाली नामक समुहले थालेको ‘सेभ घोपा क्याम्प’ आन्दोलन गरिरहेका  आन्दोलनरत पक्ष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीबीच सफल वार्ता गराएका थिए ।

उनले समाजिक संजालमा यस्तो लेखेका छन्
Save Ghopa भन्ने आन्दोलन प्रति मेरो नैतिक समर्थन थियो ! अब रहन्न ! यो आन्दोलनले गर्दा अस्पताल सुधार होइन सर्ने खतरा देखिन्छ ! Safe Landing को लागि वार्ता गराएँ ! It’s Out of Track !

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ३० बजे