७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुनिल सेर्मा र कृति लिम्बू अभिनित गीत ‘किराती लाजे’ सार्वजनिक ( भिडियो )



कलाकार सुनिल सेर्मा ‘नोसाङ’ र कृति मिभक लिम्बूद्वारा अभिनित किरात लिम्बू भाषाको गीत ‘किराती लाजे’को भिडियो सार्वजनिक गरिएको छ ।

रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा गितकार      शान्ता केरुङको शव्द, गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को संगीतमा यादन सेर्मा ‘नुनाम’ र गायीका गंगा फियाकको सुमधुर आवाजमा सजिएको गीत ‘किराती लाजे’को भिडियो सोमबार लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङ, कन्याम र पान्थरको बिभिन्न ऐतिहासिक तथा रमणिय स्थलहरमा छायाँकन गरिएको भिडियोमा ड्रोन, छायाँकन, सम्पादन र कलरिङ सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सन दमक) रहेको छ ।

दिनेश माङमु लिम्बूको कार्यकारी निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा मेकअप इश्वरी श्रेष्ठ(न्यू मुन हेयर सैलुन दमक) क्यामरा टेकर उज्वल राई, सहायक छायाँकन प्रविन सेलिङ ‘सेन्दोको गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा अनिल थोप्राको पोष्ट प्रडक्सन रहेको छ ।

भिडियो हेर्नुहोस…   

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : ३५ बजे