२ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय



काठमाडौ : नागरिकता विधेयक सरकारले फिर्ता लिने भएको छ ।सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको एक मन्त्रीले बताए ।

२०७५ सालमै सरकारले ल्याएको यो विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

विधेयकमा रहेको नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : ५७ बजे