२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

प्रदेश १ को नामकरण किरात प्रदेश घोषणाका लागि बृहत मोटरसाइकल र्‍याली



किरात समाचारः प्रदेश नं १ लाई किरात प्रदेश घोषणाका लागि किरात आन्दोलन चर्काऊन सम्पुर्ण किरात जन्य संघ संस्थाहरु एकताबद्ध हुन आग्रह गरेको छ ।
किरात राई यायोक्खा केन्द्रिय समितिको आयोजनामा सोमबार साउन २ गते विराटनगरमा किरात आन्दोलनको लागी बृहत मोटरसाइकल ¥यालीमा सम्पुर्ण किरातहरुलाई आग्रह गरेको हो ।

प्रदेश १ को नाम किरात प्रदेश घोषणा नगरिए हजारौ वर्ष अघि किरात पुर्खाहरुले रगत र पसिना बगाएर निर्माण गरेको किरात भूमिको अस्तित्वको लागी अन्तिम लडाई लड्न तयार हुनुपर्नेमा जोड दिएका छन् ।

यसअघि प्रदेश नं १ को किरात प्रदेश नामकरणका लागि धरानको भानुचोकमा आयोजित एक कोणसभामा किरात खम्बुवान साझा पार्टीका अध्यक्ष भुपि कोयु राईले आफ्नो पार्टीको अन्तिम लक्ष्य नेपालको मान चित्रमा अवस्थित पवित्र किरात सभ्यतासंग जोडिएका भूमिको संरक्षण सम्बर्द्धन गर्दै प्रदेश नं. १ किरात प्रदेश नामकरण गर्नु माग रहेको बताए ।

राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले आह्वान गरेको निर्धारित कार्यक्रममा एक्यबद्धता जनाई प्रदेश नं. १ को नामकरण किरात प्रदेशका लागि पहिचानबादी शक्तिहरु एकजुट हुन समेत आग्र गरे । अध्यक्ष राईले विशेषत प्रदेश नं. १ का राजनीतिक दलका नेताहरुलाई यस विषयमा गम्भिर हुन आग्रह गर्दै जनभावना विरुद्ध निर्णय नगर्न सचेत गराए ।

  • संघर्ष समितिको आन्दोलनका कार्यक्रम
    २०७९ साउन २ गते ११ बजे इटहरीबाट बिराटनगर सम्मको हजारौंको संख्यामा मोटरसाइकल ¥याली र मुख्यमन्त्री कार्यालय र प्रदेश सभा भवन घेराउ , ज्ञापनपत्र प्रदान र कोणसभा
    २०७९ साउन ३ गते बिहान ८ बजे बिराटनगरमा किरात सभ्यता सम्बन्धी प्राज्ञिक बहस ।
    विभिन्न राजनैतिक दलका नेता, संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरू संग निरन्तर छलफल, दबाब सृजना, थप कार्यक्रम घोषणा गर्दै लगिने ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ०२ बजे