५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

समाजिक अभियान्ता कायस्थ राष्ट्रिय जनमुक्ति पार्टिमा प्रवेश



किरात समाचार : सामाजिक अभियन्ता बिधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय महाराजगन्जमा आयोजित एक कार्यक्रममा कायस्थ लाई पार्टीको संस्थापक पूर्व अध्यक्ष  एम एस थापाले सदस्यता-पत्र प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।

राजमुपा प्रवेश गरेका कायस्थले भने  ‘अबका दिनमा वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय जनमुक्ति पार्टी नै अगाडि आउने दाबी गर्दै आफूले सकेको योगदान गर्न आफू पार्टी प्रवेश गरेको बताए।’

कायस्थलाई केन्द्रीय तहमा पदाधिकारी हैसियतमा स्थान दिने सहमति भएको छ। राजमुपा केन्द्रीय अध्यक्ष केपी पालुङ्वा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले खादा र पार्टी दस्ताबेज हस्तान्तरण गर्दै अभियान्ता कायस्थलाई स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : २८ बजे