६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ विषयक दुईदिने तालिम



विराटनगर : प्रदेश नं. १ स्थित होटल इस्ट्रन स्टार होटलमा पत्रकारितामा जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ विषयक दुईदिने तालिम सुरु भएको छ ।

युएस एआइडी, सुआहारा र नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय राष्ट्रिय शिक्षा, सुचना तथा संचार केन्द्रको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को आयोजनामा दुईदिन संचालन हुनेछ ।

प्रमुख अतिथि १ नं. प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. अनुज भट्चनले पानसमा दीप प्रज्जलन गरि तालिमको उद्घाटन गरेका थिए ।

दुईदिन सम्म चल्ने तालिमको पहिलो दिन डा. संगिता राई, सुभाष गौतम, इन्द्रध्वज क्षेत्री र मोहन मैनालीले सहजीकरण गरेका छन् ।

प्रदेश १ का विभिन्न संचार माध्यममा आवद्ध १२ जिल्लाका संचारकर्मी र पत्रकारहरुको उपस्थितिमा सुरु भएको तालिममा प्रमुख अतिथि डा. भट्चन, डा.शालीग्राम धिताल, उदय श्रेष्ठ, अमर खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लिला वल्ब घिमिरेको अध्यक्षतामा भएको तालिमको भोलि समापन हुनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ०६ बजे