५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न माग गर्दै चन्द्रगढीमा कोणसभा



किरात समाचार : झापाको चन्द्रगडीस्थित लिम्बुवान ,किरात संयुक्त सङ्घर्ष समिती झापाले कोणसभा गरेको छ । मंगलबार प्रदेश १ को नामाकरण लिम्बुवान,किरात हुनुपर्ने माग राख्दै संघर्ष समितीको आयोजनामा चन्द्रगढीस्थित महेन्द्र चोकमा कोणसभा गरेको हो ।

चन्द्रगढीस्थित लेखनाथ चौकदेखि संघर्ष समितिमा आबद्ध विभिन्न राजनैतिक दलका घटक लगायत संयुक्त संघर्ष समितिको प्लेकार्ड बोकेर नारा गुञ्जाउँदै महेन्द्र चौकसम्म र्याली निकालिएको थियो ।

कोणसभालाई संघर्ष समितिमा आवद्ध नेताहरुले सम्बोधन गरेका थिए ।  बक्ताहरु किरात याक्थुङ चुम्लुङ प्रदेश कार्यसमिति सचिब इक्साहाङ चेम्जोङ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तीय उपाध्यक्ष बिष्णु भटराई, जसपा लिम्बुवान राष्ट्रिय समिति सचीव केदार धिमाल लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष् तथा राष्ट्रिय चुम्लुङ् सदस्य जनबहादुर जवेगु, किरात धर्म तथा साहित्य उत्थान संघका झापा अध्यक्ष लक्ष्मी योङ्हाङ् लगायतले कोणसभा लाई सम्बोधन गरेका थिए ।

प्रदेश १ को नामाकरण लिम्बुवान किरात राख्नु पर्ने माग सहित पहिचानवादीहरुको सयौंको संख्यामा उपस्थिति रहेको थियोे । सेसेहाङ फियाकको सभापतित्वमा सम्पन्न भएको कोणसभा संघर्ष समितिका सदस्य सचीव ओम प्रकाश खापुङले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ३१ बजे