काठमाडौं : डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएका भट्टराईले बिहिवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको हो ।
निर्वाचन आयोगमा पहिल्यै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा. भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिए। पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ ।


