५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

तेह्रथुममा शान्तिपूर्ण नैतिक दवाव समिति विस्तार | kiratsamachar



तेह्रथुम – प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले तेह्रथुममा जिल्ला समिति गठन गरेको छ ।

यसरी संगठन निर्माण गर्ने क्रममा शनिबार ललितबहादुर सदेम्बाको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दवाव समिति तेह्रथुम गठन भएको छ । समितिको सह संयोजकमा शिव इङनाम र कमल पन्धाक रहेका छन् ।

समितिको सचिवमा विशाल कुरुम्भङ, सह सचिव खेमकुमारी मगर, अर्थ संयोजकमा शिवमाया निङलेकू, सह संयोजकमा छवि पङयाङगु, समन्वय संयोजकमा टट्बहादुर पन्धाक, सह संयोजकमा रेवत सावादेन र राजकुमार तेयुङ लगायत रहेको दबाव समिति गठन गरिएको  केन्द्रीय सचिव पृथीमान खालिङले जानकारी दिए ।

बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गर्ने क्रममा तेह्रथुममा समिति गठन गरिएको हो।

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : १० बजे