९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष पालुङ्वा सवार गाडी दुर्घटना | kiratsamachar



धनकुटा – राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा  दुर्घटनामा परेका छन् ।

उनि लगायत तीनजना चुनावी प्रशिक्षण दिन ताप्लेजुङ हिंडेका अध्यक्ष पालुङ्वा, उपाध्यक्ष विदु प्रकाश कायस्थ र उपमहासचिव विष्णु थाङ्देन दुर्घटनामा परेका हुन् ।

उनीहरुसँगै अन्य यात्रीहरु पनि रहेका थिए । मंगलबार बिहान ८ः३० मा भेडेटार नजिक ब्रेक फेल भई गाडी भित्तामा ठोकिन पुग्दा दुर्घटना भएको सुनसरीबाट खटिआएको ट्राफिक प्रहरीले जानकारी दिए ।

को. १ ज २५८१ नम्वरको बोलेरो धरानबाट लोकमार्ग हुँदै जानेक्रममा दुर्घटना हुँदा केन्द्रीय अध्यक्ष पालुङ्वाको मुखमा चोट लागेको छ भने उपाध्यक्ष विदु कायस्थाको घाँटीमा र थाङ्देनको हातमा चोट लागेको बताइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ३८ बजे