९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

नालीफूङ्वा सुनसरी अध्यक्षमा सरोज लिम्बू | kiratsamachar



किरात समाचार – किरात साम्यो नालीफूङ्वा थुम पान्जुम्भो सुनसरी गठन भएको छ ।

शनिबार नालीफूङ्वाका सुनसरी अध्यक्ष भक्त ओख्राबोको अध्यक्षमा सम्पन्न भेलाले सरोज लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको सचिव सामेना थाम्देन ,सहसचिव नुनाम लिम्बू कोषाध्यक्ष दिपकला माङ्लाङ सर्बसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरुमा निशाम लिम्बू ,लोकेन्द्र लिम्बू ,माया लिम्बू अनिल खजुम ,सुशील लिम्बू ,थेसेक्कहाङ लावती , सेसेमा थाङ्देन निर्वाचित भएका छन् ।

सो भेलामा किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथिमान खालिङ राई सहसचिव चन्द्रा केरुङ लिम्बू लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १२ : ४१ बजे