९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

कियाचु शिवसताक्षी नगरपालिका वडा नं. १० को अध्यक्षमा बालकृष्ण चेम्जोङ निर्वाचित



झापा – शिवसताक्षी नगरपालिका वडा- १० मा किरात याक्थुङ् चुम्लुङ् वडा कार्यसमितिको दोस्रो वडा अधिबेशन सम्पन्न भएको छ ।

शनिवारका शिवसताक्षी नगरपालिका स्थित सम्पन्न अधिवेशनले बालकृष्ण चेम्जोङ्को अध्यक्षतामा १३ सदस्यीय वडा कार्यसमिति समेत चयन गरेका छ ।

अधिवेशनबाट उपाध्यक्ष कैलश वनेम सचिव अर्जुन योङ्हाङ् सहसचिव दिलकुमार साँबा र कोषाध्यक्षमा मञ्जु लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा रवन लिम्बु, फरम नेम्बाङ्, दिलिप लिम्बू नेम्बाङ्, सोममाया योङ्हाङ्, शिवराज मावो, केशर हाङ्गाम,सुनिता सिगु र सुष्मा लावती लगायत निर्वाचित भएका छन् ।

कियाचु शिवसताक्षी नगर अधिवेशन परामर्श समितिका सहसंयोजक तुत्तु शिवकुमार मेन्याङ्वोको उपस्थिति रहेको थियोे ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  २ : २० बजे