झापा – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी काँग्रेसका गोपाल तामाङ निर्वाचन क्षेत्र (क) र माओवादी केन्द्रबाट श्याम वीर लिम्बूले निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभामा उम्मेदवारी दर्ता गएका छन्।
शर्मा अघिल्लो दुई निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । एमाले राप्रपा तालमेलबाट अग्नी प्रसाद खरेलले उम्मेदवारी दिएका छन् ।


