९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

उम्मेदवारी फिर्ता लिन आज १ बजेसम्मको समय, उम्मेदवारलाई आजै चुनाव चिह्न



इलाम –  आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारका लागि मनोनयन फिर्ता लिन निर्वाचन आयोगले आज (बुधबार) दिउँसोसम्मको समय दिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् ।

आयोगको अनुसार उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्नेछ ।

उम्मेदवारीको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउने छन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिने गरी आयोगले आजै उम्मेदवारीको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुले आफ्नो चुनाव चिह्न पनि पाउने आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

आमनिर्वाचन ०७९ को प्रतिनिधिसभातर्फ २,५३१ जना र प्रदेशसभार्तफ ३,४८१ जनाको उम्मेदवारी परेको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ३ : २३ बजे