काठमाडौ – नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव ओम गुरुङको ६९ बर्षको उमेरमा निधन भएको छ। गुरुङ क्यान्सर रोगबाट पीडित थिए ।
सोमबार दिउँसो हरिसिद्धिस्थिति क्यान्सर अस्पतालमा उपचारत गुरुङको निधन भएको पारिवारिक स्रोतले जानकारी दिए।
गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्व प्रमुख हुन । यसैगरी त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए।
प्राध्यापक गुरुङले अमेरिकाबाट ‘लोकल सिस्टम अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट एन्ड डिजर्टेशन रिसर्च’मा विद्यावारिधि गरेका थिए।