५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

माङको आशिर्वादलाई खेर फाल्न दिन्नः इलाम २ का उम्मेद्वार पालुङ्वा



माई । इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेद्वार केपी पालुङ्वाले माङलाई साक्षी राख्दै आफू यस क्षेत्रबाट सदनमा पुग्न सफल भए यहाँको भौतिक विकासमात्र होइन मानव संसाधनदेखि देखिएका आवश्यक गतिविधिलाई अगाडि बढाउने बताएका छन् ।

माई नगरपालिकाको विहीबारेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उम्मेद्वार पालुङ्वाले यस क्षेत्रको मतलाई दुरुपयोग नगर्ने थुप्रै एजेण्डा भएको हुँदा विगत १५ वर्षदेखि यस क्षेत्रको जनताको घरआँगनमा पुगेर दुःख, पीडा देखेको हुँदा जनमुक्तिको चुनाव चिन्ह घर लिएर जनतामाझ आएको बताए ।

कार्यक्रममा विभिन्न दल परित्याग गरि जनमुक्तिमा प्रवेश गरेकाहरुलाई सदस्यता वितरण गर्दै प्रचार अभियान तिब्र पार्न आग्रह गरे ।

नवप्रवेशीहरुलाई पार्टीको रणनीतिक र अरु दलले गरेको गतिविधि भिन्न भएको हुँदा विजय हाँसिल गर्दै सदनमा पुगेका दलका नेताहरुबाट आशा गरे आशामै जिन्दगी जाने भएको हुँदा त्यस्ता दलसँग सजग रहन आग्रह गरे ।

yalambartimes बाट ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ३१ बजे