७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अठासी गोल्डकपमा एस.एफ.सी र चियाबारी क्वार्टरफाइनलमा प्रवेश



किरात समाचार : प्रथम अठासी गोल्डकपको क्वार्टरफाइनलमा एस.एफ.सी इलाम प्रवेश गरेको छ । युनाइटेड सिम्ले क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एस.एफ.सी इलाम क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

माङ्सेबुङ ५ मझुवास्थित प्रस्तावित आत्मानन्द रंगशालामा शनिबार भएको खेलमा एस .एफ.सीका रोसेश साम्बाले खेलको ६ औँ मिनेटमा गरेको गोल गरे । त्यस्तै खेलको २६ औ मिनेटमा एस.एफ.सीका असेश साम्बाले गोल गरेसंगै टिमलाई अग्रता दिलाए ।

त्यस्तै खेलको दोस्रो हाफको  ४ औ मिनेटमा युनाइटेड सिम्ले क्लब झापाका खेलाडीले १ गोल फर्काए । खेलमा सिम्लेले दर्जनबढी अवसरलाई गोलमा सदुपयोग गर्न सकेन ।

यस्तै दोस्रो खेलमा चियाबारी एफ.सी इलामद्वारा योङ्ग बोइज क्लबलाई ट्राइबेकरमा पराजित गरेको छ।

खेल गोलरहित बराबरी भएको थियोे । दुवै टिमबाट गोल गर्ने प्रयास भएपनि सफल भएनन् । दोस्रो हाफ पछि दुबैटिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियोे ।

खेलमा चियाबारी ५-४ को गोल अन्तरले योङग बोइज क्लब पराजित गरेको थियो ।

प्रथम अठासी गोल्डकप प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ रुपैया पाउनेछन् ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : १२ बजे