९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी



माङ्सेबुङ । गोरखाको प्रतिनिधि सभा निर्वाचन २०७९ क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

दाहालले १३ हजार ४ सय ७७ मतान्तरसहित विजयी भएका हुन् । उनले २६ हजार १ सय ३ मत पाएका छन् । उनका प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ५ : २१ बजे