७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : सुनसरीको विजयी सुरुआत



किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन माङ्सेबुङ गाउपालिकालाई ट्राईबेकरमा पराजित गर्दै हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुआत गरेको छ  ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शुक्रबार आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ इलामलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सुनसरी बिजयी भएको हो । 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ सम्बा पबित्रहाङमा लिङदेनको देवउपस्थितिमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा उद्घाटन खेल सम्पन्न भएको थियो । 

सो फुटबल प्रतियोगिता सुरु हुनुअघि श्री सरस्वती मा.बि. र फाल्गुनन्द बोर्डिङ स्कुलका बिधार्थीहरुले मार्चपास गरेका थिए । त्यस्तै भोलि शनिबार जलथल फुटबल क्लव झापा र कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङबिच हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् । 

आत्मानन्द कप फुटबल प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ क्लबहरुको सहभागीता रहेको आयोजक समितिले जनाइएको छ । 

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : २६ बजे