७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : ताप्लेजुङलाई पराजित गदै जलथल क्लब झापा सेमिफाइनलमा प्रवेश



किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा जलथल फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ  ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शनिबार आज भएको खेलमा कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङलाई २–० गोल अन्तरले पराजित गर्दै जलथल फुटबल क्लव झापा बिजयी भएको हो । 

खेलको पहिलो हाफ गोल रहित बराबरी भएको थियो । झापालाई जीत दिलाउन दोस्रो हाफको १० औ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गदै टिमलाई अग्रता दिलाए । खेलको ३७ औ मिनेटको इन्ज्युरी समयमा  झापाका खेलाडी सन्देश भुजेलले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच झापाका खेलाडी सुशील राई घोषित भए । त्यस्तै भोलि आइतबार चारतारे युवा क्लब मोरङ र तिजोग युवा क्लब पाचथरबिच खेल हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप फुटबल प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ क्लबहरुको सहभागीता रहेको आयोजक समितिले जनाइएको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ छेलो , धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ११ बजे