२ असार २०८१, शनिबार | Sat Jun 15 2024

मोरङ – १ मा नेपाली कांग्रेसका डिग बहादुर लिम्बू निर्वाचित



मोरङ । प्रतिनिधी सभा सदस्य मोरङ क्षेत्र नं. १ बाट नेपाली काग्रेंसका जिल्ला सभापति तथा संविधान सभा सदस्य डिग बहादुर लिम्बू निर्वाचित भएका छन् ।

लिम्बुले नेकपा एमालेका संसद घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले पछि पार्दै विजयी भएको हो ।

लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउदा नेकपा एमाले घनश्याम खतिवडा २६ हजार ८ सय ६७ मत प्राप्त गरेका थिए ।

मोरङ क्षेत्र नं. १ मा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ७५ हजार ७३ मत खसेको थियोे ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : २६ बजे