मोरङ । प्रतिनिधी सभा सदस्य मोरङ क्षेत्र नं. १ बाट नेपाली काग्रेंसका जिल्ला सभापति तथा संविधान सभा सदस्य डिग बहादुर लिम्बू निर्वाचित भएका छन् ।
लिम्बुले नेकपा एमालेका संसद घनश्याम खतिवडालाई ४ सय ३० मतान्तरले पछि पार्दै विजयी भएको हो ।
लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउदा नेकपा एमाले घनश्याम खतिवडा २६ हजार ८ सय ६७ मत प्राप्त गरेका थिए ।
मोरङ क्षेत्र नं. १ मा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ७५ हजार ७३ मत खसेको थियोे ।


