६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

किरात धर्मगुरु ६९ औ शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा



किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहको तयारी पुरा भएको छ ।

किरात धर्मावल्बिहरुको आस्थाको केन्द्र माङसेबुङ – ५ अवस्थित किरात हाङ्साम मुजोलुङ माङ्हिमको प्राङ्गणमा हरेक वर्ष मंसिर १८ गते वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिए ।

अङसीमाङको नुमाङगेन्ना सेवा समारोह कार्यक्रम उपराष्टपति नन्दकिशोर पुन ( पासाङ )को प्रमुख आतिथ्यमा सम्पन्न हुने मूल समारोह समितिका अध्यक्ष योङहाङले बताए ।

किरात धर्मगुरु लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औँ जन्मोत्सव तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह २०७९ समुदघाट्न साथै धर्मगुरुलाई शुभकामना दिन उपराष्टपति पुन प्रमुख अतिथिको रूपमा माङ्सेबुङ माङसेबुङ आउन लागेका हुन् ।


यसैगरी भोलि आइतबार किरात धर्मगुरुद्वारा २०४९ सालमा विश्व ब्रह्माण्ड बारे भबिस्यबाणी गर्नुभएको स्थान सरस्वती मा.बि.मा भालुटारमा स्थापना गरिएको अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको प्रतिमा अनावरण कार्यक्रम रहेको जनाइएको छ ।अङ्सीमाङको जन्मोत्सवमा ६९ जना माङ्सेवासाबा तथा माङसेवासामाहरुबाट सावायेहाङ नोमाङगेन्ना माङगेन्ना सेवा मुन्धुम वाचन गर्नेछ ।

यसैगरि साँझ बृहत सांस्कृतिक कार्यक्रम अन्तर्गत द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बू, माङसेबुङ इकला चोत्लुङहाङ केदेम र लोकप्रिय गायक तथा संगीतकार नरेश लिङदेनको विशेष प्रस्तुति रहने समारोहको सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।

त्यस्तै १९ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन सँगै साँझ सांस्कृतिक तथा साहित्यिक कार्यक्रम तय गरिएको छ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार जन्म भएको हो ।
किरात धर्मावलम्बीहरुले सत्य, शान्ति, अहिंसा र एकताका संबाहकको रुपमा अङ्सीमाङलाई मान्ने र पुज्ने गरेका छन् ।

 

 

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ५ : ०७ बजे