९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

दिपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश



मनाङ २ मा  प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मनाङेलाई सोमबार दिउँसो पार्टी कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

विज्ञप्तिमा यस्तो लेखिएको छ

विज्ञप्ती

नेपालको समृद्धि र विकासको लागि प्रतिबद्ध भई यसमा योगदान गर्ने र मनाङ्गबासी आमा बुबा दाजुभाई दिदि बहिनीहरुको सकारात्मक उद्देश्य परिपूर्तिका लागि निश्वार्थ स देवाभाव राखी काम गर्न मनाङ्ग जिल्ला प्रदेशसभा २ बाट स्वतन्त्र रुपमा मलाई निर्विरोध निर्वाचित गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु

राजनीति कमाउनको लागि होइन सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायीत्व हो । यही कुरालाई मनन गर्दै मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ तर, परिवर्तित परिस्थितिमा एक्लै रहनु भन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु

अतः मेरो यस पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवी, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मिति देखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।

१९ मंसिर, २०७९
राजीव गुरुङ्ग प्रदेशसभा सदस्य मनाङ्ग २ गण्डकी प्रदेश

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १२ : ४५ बजे