९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

सविना योङहाङ र साहिल लिम्बू ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा – kiratsamachar



सविना योङहाङ लिम्बू र साहिल लिम्बू टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका हुन् ।

टिम राजेशपायल राईबाट सविना र टिम प्रविशा अधिकारीको समूहबाट साहिल फाइनलमा सुरक्षित गरेका छन् । अन्तिम आठको प्रतिस्पर्धाबाट टिम राजेशका पदम राई र टिम प्रविशाका प्रिजोल नेपाली बाहिरिएका छन् । फाइनलमा पुग्नलाई दर्शकको भोटका आधारमा बढी मत ल्याउने फाइनलमा प्रवेश गरे भने कम मत ल्याउने बाहिरिएका हुन् ।

आज शनिबार साँझको सेमिफाइनल एपिसोडबाट थप दुईजना प्रतिस्पर्धी फाइनलमा प्रवेश गर्नेछन् । टिम प्रमोद खरेलबाट आशिष महर र योगेश मगर मध्ये एकजना तथा टिम राजु लामाबाट करण राई र रिहान गिरीमध्ये एकजना फाइनलमा प्रवेश गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ४ : ११ बजे