किरात समाचार । ओत माङ्लुङ मल्टिप्रपोज प्रालिको दोस्रो बार्षिक उत्सव मंगलबार भोलि विविध कार्यक्रमका साथ मनाइने भएको छ ।
इलामको माङ्सेबुङ ५ अवस्थित किरात साम्यो माङसेवासाबा पान्जुम्भोको सभाहलमा समाजसेवी तथा युवा व्यवसायी ओत प्रीन्टिङ प्रेसका संचालक निवाहाङ थेबेको प्रमुख आतिथ्यमा प्रालिको दोस्रो बार्षिक उत्सव विविध कार्यक्रम सहित धातु तथा पत्थरबारे जानकारी पनि दिइने प्रोपाइटर प्रकाश सावदेनले जनाएको छ ।
कार्यक्रममा धातु तथा पत्थरसंग सम्बन्धित जानकार वक्ताहरु रहेका छन् । यस्तै विज्ञानसंग सम्बन्धित किरात धर्मगुरु निजि कानुनी सल्लाहकार तथा अधिवक्ता एनएस फागो, मुन्धुमसंग सम्बन्धित साङ्दाङगेन वरुमसाबा इन्द्रहाङ सङबाहाङ्फे र ज्योतिष सम्बन्धि किरात साम्जिक मुन्धुम निसामहिमका प्रधानाध्यापक तथा ज्योतिष ललितचन्द्र फियाकले सहजीकरण गर्ने बताइएको छ ।
यस्तै कार्यक्रममा लोकप्रीय गायक दिलिप माखिम, गायिका स्वास्तिका सावदेन ,सन्चहाङ आङ्देम्बे , कलाकार तथा निर्देशक अनिस लाओती, निर्देशक देउकृष्ण देवान लगायतको सास्कृतिक प्रस्तुति रहनेछ ।
गायक तथा संगीतकार प्रकास सावदेन र धर्मपत्नी देविका बुङछेन राई दम्पतीले २०७८ सालमा स्थापना गरिएको ओत माङलुङ मल्टीप्रपोजमा बहुमुल्य पथर साथै राशी अनुसारको औठी, जिमाला, सिमाला, स्फटिक माला, रुबी निलम पन्ना, टोवाज, ओपल, एक्युमेरिङ, क्वार्ज, मुगा, पुष्पाराज र सेवा गर्दा आवश्यक सामाग्री सुपथ मुल्यमा बिक्रीवितरण गर्दै आईरहेको छ।


